चन्द्रागिरि नगरपालिकामा क्षयरोग (टीबी) का बिरामीहरूको निःशुल्क स्क्रिनिङ्ग शिविर सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरबासीहरूको निःशुल्क रूपमा क्षयरोगको स्क्रिनिङ्ग गर्ने भएको छ ।
सो का लागि बैशाख २४ गते आइतबार चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित सामुदायिक भवनमा एक दिने शिविर सञ्चालन हुने नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
सो शिविरमा स्वास्थ्य संस्थामा उपचाररत पीबीसी र पीसीडीका बिरामीहरूले सो शिविरमा स्वास्थ्योपचार गराउन सक्ने जनाइएको छ ।