आज मच्छेगाउँमा आँखा परीक्षण शिविर संचालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा आज शनिबार आँखा परीक्षण शिविर सञ्चालन हुँदैछ ।
कीर्तिपुर अप्टीकल तथा आँखा क्लिनिकको प्राविधिक सहयोगमा आयोजना हुने सो शिविर स्थानीय नारायनजन माविको प्राङ्गणमा सञ्चालन हुने जनाइएको छ ।
शिविरबाट मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको भक्तपुरस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि सहजीकरण गरिने चन्द्रागिरि ९ मच्छेगाउँका वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।
शिविर बिहान १० बजेबाट दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
मोतियाबिन्दुका बिरामीहरूको चीनको शन्चन् छाओडीङ्होइ संस्था तथा अरनिको समाज भक्तपुरको सहकार्यमा डा. इवामुरा मेमोरियल अस्पतालमा वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर संचालन हुनेछ ।