हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
थानकोट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।