काेराेना सङ्क्रमणबाट थप १ जना संक्रमितकाे ज्यान गयाे
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार पाँच सय १७ जनाको नमुना परीक्षण गर्दा एक सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६० जना काेराेना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले नेपालमा तीन सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।