यस्तो छ चन्द्रागिरि नगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि सार्वजनिक गरेको छ । नगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ का अनुसार नगर प्रमुखको अध्यक्षतामा ८ सदस्यीय नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको व्यवस्था गरेको छ ।

जसको सदस्यमा नगर उपप्रमुख, सामाजिक विषय समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत, निजी लगानीका विद्यालय संचालकहरू मध्येबाट छनाैट गरि पठाइएका कम्तीमा एक जना महिला सहित २ जना प्रधानाध्यापकहरू मध्ये नगर प्रमुखले तोकेका एकजना, अभिभावकहरूमध्ये नगर प्रमुखले तोकेका एक जना रहने व्यवस्था सो कार्यविधिमा उल्लेख छ । 

नगरको शिक्षा शाखा प्रमुख सो समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

सो समितिले विभिन्न छात्रवृत्ति कार्यक्रमको समन्वय गर्ने, छात्रवृत्तिसम्बन्धी नीति, योजना, कार्यान्वयन, अनुगमन तथा निर्देशन गर्ने तथा छात्र वृत्तिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने उल्लेख छ । 

चन्द्रागिरि नगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि-२०७९ को पूर्णपाठ हेर्नुहोस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *