कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीकाे निधन

Thankot Times

थानकोट ।

बैशाख १ गते चम्पादेवीमा माेटरसाइकल दुर्घटना परी गम्भीर घाईते भई उपचाररत कीर्तिपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्यामराजा अधिकारीकाे निधन भएको ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।

‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन्।

अहिले शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लग्ने तयारी गरिरहेको छ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिई निर्वाचित भएका ४७ वर्षीय अधिकारी स्थानीयस्तरमा लाेकप्रिय थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *