विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको अध्यक्षमा गाैरी दवाडी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित प्राचीन सम्पदा विष्णुदेवी क्षेत्रको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित संस्था विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको अध्यक्षमा गाैरीप्रसाद दवाडी सर्वसम्मत चयन हुनुभएको छ ।
समाजको शनिबार सम्पन्न बाह्राैं साधारण सभाले दवाडीको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा भरत भण्डारी, महासचिवमा ललिक बहादुर महर्जन, सचिवमा सुरेन्द्र महत, कोषाध्यक्षमा भूपाल थापा एवं सह-कोषाध्यक्षमा मञ्जु दवाडी चयन हुनु भएको छ ।
संस्थाको सदस्य पदमा क्रमश नविन महर्जन, घनश्याम भण्डारी, अमृत कुमार महर्जन, शान्तिदेवी घिमिरे, हरिकुमार कार्की, विष्णुकुमार खड्का, दिलिप कुमार कार्की, बैकुण्ठ महर्जन, अनन्त बहादुर भण्डारी तथा आशिष महर्जन चयन हुनुभएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थ, वडा न. ९ मच्छेगाउँ, वडा न. १० सतुगंल, वडा न. ११ सतुगंल, वडा न. १३ पुरानो नैकाप, वडा न. १४ नयाँ नैकाप र वडा न. १५ तीनथानाका वडाका वडाध्यक्षहरूसहितका जनप्रतिनिधिहरू लगायत स्थानीयहरूको उपस्थितिमा सो कार्यसमिति चयन गरिएको समाजका सदस्य नविन महर्जनले जानकारी दिनुभयो । समाजको कार्यकाल चार वर्षको रहनेछ ।
साधारण सभाका क्रममा विष्णुदेवी मन्दिरमा वर्षेनी मनाइने सात गाउँले जात्रामा सहभागी हुने गुठीहरूका लागि सदस्यता दिने विषयमा पनि छलफल भएको थियो ।
सो क्रममा करिब ४ दशकअघि विष्णुदेवी मन्दिर क्षेत्रबाट हराएको सरस्वतीको मूर्ति स्वदेश फिर्ता गर्ने सन्दर्भमा समेत छलफल भएको बताइएको छ।
यो पनि पढ्नुहोस्
तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !