खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने

Thankot Times

थानकोट । 

नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन  छुटेका बालबालिकालाई नजिकको   स्वास्थ्य  संस्थामा  गइ खोप  लगाउन  मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ ।

घर छिमेकमा  कसैले  खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ । 

मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *