पब्लिक क्याम्पसको समस्या निराकरणका लागि सरकार तत्पर- अर्थ मन्त्री महत
थानकोट ।
अर्थ मन्त्री प्रकाशशरण महतले नेपालका सामुदायिक क्याम्पसहरूको समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।
आइतबार नेपाल पब्लिक क्याम्पस संघका नवनिर्वाचित अध्यक्ष समेत रहनुभएका चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्तासहितको टोलीसँगको भेटमा अर्थ मन्त्री महतले सो बताउनुभएको हो ।
नेपाल पब्लिक क्याम्पस संघका नवनिर्वाचित पदाधिकारीहरूको टोलीसँगको भेटमा अर्थ मन्त्री महतले नीतिगत रुपमा सामुदायिक क्याम्पस सञ्चालनमा रहेका र भोगिरहेका समस्याको निराकरण एवम् अन्य सराेकारका सम्बन्धमा सहयाेग गर्न आफू सहयाेगी हुने धारणा राख्नुभएको बताउनु भएको नेपाल पब्लिक क्याम्पस संघका नवनिर्वाचित अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।