चन्द्रागिरि नगरपालिका-२ मसिनेमा सामुदायिक हाेेमस्टे सुरु
थानकोट ।
नगरमा पर्यटकीय गतिविधि बढाई स्थानीय बासिन्दाका लागि अर्थाेपार्जनमा सहायता पुर्याउने हेतुले चन्द्रागिरि नगरपालिकामा सामुदायिक हाेमस्टे सेवा सुरु गरिएकाे छ।
नयाँ वर्षको अवसर पारेर शुक्रबार नगरकाे वडा नं. २ मसिनेमा नगरप्रमुख घनश्याम गिरीले एक कार्यक्रमका बीच मसिने कला चे सामुदायिक होम स्टेकाे उद्घाटन गर्नुभएकाे छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख गिरीले यस किसिमका होम स्टेहरुले नगरको पर्यटन प्रवर्द्धन, स्थानीयलाई रोजगारी, कला संस्कृतिको जगेर्ना लगायत अन्य विभिन्न किसिमले सहयोग गर्ने हुँदा नगरका अन्य विभिन्न स्थानमा पनि फरक फरक कला संस्कृति झल्किने होम स्टे संचालनमा नगरपालिकको सहयोग रहने कुरा बताउनु भयो।
हाल ७ वटा घरमा होम स्टे संचालन भइ सुरु गरिएको जानकारी दिनुहुँदै नगरप्रमुख गिरीले हाेमस्टे कार्य निकट भविष्यमा थप घरहरुमा पनि संचालन गर्न नगरले तयारी गरिरहेकाे बताउनु भयाे ।
साे क्रममा नगर प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि २ का वडाध्यक्ष भाइकृष्ण तामाङ लगायत नगरका अन्य जनप्रतिनिधिहरु लगायत स्थानबासीहरुकाे बाक्लो सहभागीता रहेको थियो ।