बलम्बुमा बैशाख २ देखी ४ गतेसम्म निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा आगामी बैशाख २ गतेबाट ४ गतेसम्म योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा केएमसी पाठशाला मन्टेश्वरी, काठमाडाैं महर्षि चक्षुष्य पाठशाला, पतञ्जलि योग समिति तथा चन्द्रागिरि नगर योग समितिको संयुक्त आयोजनामा सञ्चालन हुने सो शिविर चन्द्रागिरि नगरपालिकाको यसअघि कार्यालय रहेको भवन हातमा हुने जनाइएको छ ।
बिहान ५ बजेबाट ७ः३० बजेसम्म सञ्चालन हुने सो शिविरलाई पतञ्जली योग समितिका नेपालका मुख्य प्रभारी योग गुरू लवदेव मिश्रले प्रशिक्षण दिने बताइएको छ।