चुनदेवी माविबाट एसइइ परीक्षा उत्तीर्ण हुने एकजना विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति पाउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०४ थानकोट चुनदेवीस्थित चुनदेवी माध्यमिक विद्यालयमा अध्ययन एक जना जेहेन्दार विद्यार्थीले उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति पाउने भएका छन् । यस वर्ष सो विद्यालयका २५ विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदैछन् ।

ईञ्जिनियर भुवन गिरीले स्वर्गीय हजुरआमा माहिली गिरीको सम्झनामा स्वर्गीय माहिली गिरी छात्रवृत्ति कोष स्थापनाको घोषणा गर्नुभएको हो ।

ईञ्जिनियर गिरीले विद्यालयका प्रधानाध्यापक मेगेन्द्र लामालाई सो छात्रवृत्ति प्रदान गर्नका लागि आवश्यक चयनकर्ता टोलीको व्यवस्था गर्न अनुरोध गर्नुभएको छ । छात्रवृत्ति बापत सो विद्यालयबाट माध्यमिक तहको परीक्षा (एसइइ) उत्तीर्ण गर्ने मध्येका एक जना जेहेन्दार विद्यार्थीले २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको अग्रसरतामा ४२ वर्षअघि सो विद्यालय स्थापना भएको थियो ।

चुनदेवी माविका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने इञ्जिनियर गिरीको घोषणा

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *