चन्द्रागिरि नगरमा प्राविधिक, स्वास्थ्य र प्रशासन सेवाका कर्मचारीहरूको एकसाथ व्यापक सरूवा
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर अन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको व्यापक सरूवा गरेको छ ।
नगरपालिकाले प्राविधिक सेवा अन्तर्गत इञ्जिनयर, सब-इञ्जिनयर, स्वास्थ्य सेवा अन्तर्गत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू तथा प्रशासन सेवा अन्तर्गत वडा सचिवहरूको समेत सरूवा गरेको हो ।
थानकोट टाइम्सलाई प्राप्त विवरणहरू अनुसार नगरका अधिकांश वडाका सचिवहरूको एकसाथ सरूवा गरिएको छ । केही वडाका सचिवहरूको सेवा अवधि सो वडामा २ वर्षभन्दा कम रहेकोले यथास्थानमा कार्यरत रहेको बताइएको छ भने केहिमा सहायक कर्मचारीको स्तरवृद्धि गरिएको बताइएको छ ।
नगरमा पन्ध्रमध्ये तीन जना वडा सचिव महिला छन् भने बाँकी पुरूष छन् ।
पछिल्लो विवरण अनुसार चन्द्रागिरि १ दहचोकमा माधव खनाल, चन्द्रागिरि २ बाँडभञ्जायङ्गमा भवानी विष्ट, चन्द्रागिरि ३ थानकोटमा दिनेश महर्जन, चन्द्रागिरि ४ थानकोटमा मनोज कुमार सिग्देल, चन्द्रागिरि ५ महादेवस्थान किसिपिडीमा रमिता भुसाल, चन्द्रागिर ६ महादेवस्थान चेकपोष्टमा सञ्ज्य तण्डुकार, चन्द्रागिरि ७ महादेवस्थान चेकपोष्टमा नमराज बानियाँ, चन्द्रागिरि ८ मातातीर्थमा मञ्जु आचार्य, चन्द्रागिरि ९ मच्चेगाउँमा निमा बुढामगर, चन्द्रागिरि १० सतुगंलमा लक्ष्मण थापा, चन्द्रागिरि ११ सतुगंलमा रविन पोखरेल, चन्द्रागिरि १२ बलम्बुमा मन्तकाजी श्रेष्ठ, चन्द्रागिरि १३ पुरानो नैकापमा हरिहर विडारी, चन्द्रागिरि १४ पुरानो नैकापमा विक्रम महर्जन तथा चन्द्रागिरि १५ तीनथानामा दिपक कुमार उपाध्यायले वडा सचिवको जिम्मेवारी पाएका छन् ।