बागमती प्रदेश युवा परिषदमा १ सय १९ जना स्वयंसेवक माग
थानकोट ।
बागमती प्रदेश युवा परिषदले १ सय १९ जना स्वयंसेवक माग गरेको छ ।
परिषद्को चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार प्रदेश युवा स्वयंसेवक माग गरिएको हो ।
कम्तीमा दुइ वर्ष काम गर्नेगरी प्रदेशभरीका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्ने गरी युवा स्वयंसेवक माग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो ।
प्रदेशका सबै स्थानीय तहमा प्राविधिक क्षेत्रका युवा स्वयंसेवक नियुक्त गर्नेगरी सूचना प्रकाशन गरिएको चौलागाईंले बताउनुभयो । स्वयंसेवा गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस परिषद्को वेभसाइटमा रहेको अनलाइन फर्म भरी सूचिकृत गर्नुहुन अनुरोध गरेको छ ।
युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्रका गणित र विज्ञान शिक्षक माध्यमिक तहका ४४ जना, स्वास्थ्य क्षेत्रका ३० जना रहेकाछन् ।
स्वयं सेवक बागमती प्रदेशको स्थायी बासिन्दा हुनु पर्ने नियम राखिएको छ ।
प्राप्त निवेदनहरुलाई जिल्लागत रुपमा सुचिकृत गरिने र जुन जिल्लाको स्थायी बासिन्दा हो सकेसम्म सोही जिल्लाको लागि छनौट तथा खटाइनेछ तर परिषद्को आवश्यकता अनुसार अन्य जिल्लामा खटाउन वा नखटाउन सकिने कार्यकारी उपाध्यक्ष चौलागाईंले बताउनुभयो । युवा स्वयंसेवक सम्बन्धीत पालिकाहरुले माग गरेको आधारमा खटाउने तयारी गरिएको उहाँले बताउनुभयो ।