सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान सम्पन्न
थानकोट ।
स्वर्गीय सुचेन्द्र श्रेष्ठको स्मृतिमा स्थापना गरिएको संस्था सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजना बुधबार चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित साझा घरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अनुसार रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका छन् । मानव सेवा भावमा समर्पित प्रतिष्ठानले भविष्यमा पनि सामाजिक सेवाका कार्यहरूमा सक्रिय रहने प्रतिष्ठानका अध्यक्ष विपना श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले प्रतिष्ठानलाई वडा कार्यालयले अक्षय कोष स्थापनार्थ सहयोग गरेको जानकारी दिनुभयो ।
२०७८ साल असार २६ गते शनिबार चन्द्रागिरि नगरपालिका-४ गोदामचोकमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा सोही वर्ष श्रावण १० गते निधन भएको थियो ।
तस्बिरहरूः सामाजिक सञ्जाल तथा सुरेन कुमार श्रेष्ठ