चाैथो थानकोट गोल्डकपः दोश्रो सेमीफाइनल खेलमा वीआर ब्रदर्श बी टिम र कुर्दन भिड्दै

Thankot Times

थानकोट । 

चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल आज हुँदैछ । 

फाइनल प्रवेशका लागि चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा दिउँसो १ बजे वीआर ब्रदर्श क्लबको बी टिम र कुर्दन एकेडेमीको ए टिम भिड्दैछन् । 

कुर्दन एकेडेमी ए टिमले दीपशिखा फुटबल क्लबमाथि ३-० को सहज जित दर्ता गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै वीआर ब्रदर्श क्लबको बी टिम ल्याक्टो लक्ष्य क्लबमाथि ६-१ को विशाल अन्तरको जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । 

प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मंगलबार विष्णुदेवी यूथ क्लबमाथि २-० को सहज जित निकाल्दै वीआर ब्रदर्श फुटबल क्लबको ए टिम उपाधी नजिक पुगेको छ । फाइनल खेल फाल्गुन २० गते शनिबार हुनेछ ।

चाैथो थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *