बहुमुल्य धातुको मूल्य स्थिर

थानकोट ।
मंगलबार नेपाली बजारमा सुन तथा चाँदी भाउ स्थिर बसेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर प्रतितोला छापावाला सुन १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर बसेर प्रतितोला १२ सय ५५ रूपैयाँ कायम भएको छ।
सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।