विष्णुदेवी शिक्षा सदनमा सबै विद्यार्थीको रक्त समुह पहिचान कार्यक्रम

Thankot Times

थानकोट ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरूको रक्त समुह पहिचानका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालयले अभियान सुरू गरेको छ । सतुंगलस्थित विष्णुदेवी शिक्षा सदन माविमा सोमबारबाट सो कार्यको सुरूवात गरिएको हो ।

सो अभियानमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको रक्त समुह पहिचानका लागि रगत परीक्षण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक वसन्त खत्रीले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकामा नै पहिलोपटक विद्यालयमा रक्त समुह पहिचान कार्य सुरू भएकोमा खुसी लागेको बताउनुहुँदै नगरउपप्रमुख बसन्ती श्रेष्ठले यस कार्यक्रम नगरका अन्य विद्यालयमा पनि सुरू हुनुपर्ने धारणा राख्नुभयो ।

पहिलो दिन करिब ६ सय जना विद्यार्थीको रक्त समुह पहिचान भएको जानकारी दिनुहुँदै वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले विद्यालयका विद्यार्थीहरूको स्वास्थ्यप्रति वडा कार्यालय सदैव सचेत रहेको जनाउनुहुँदै विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि तथा आवश्यक पर्ने भाैतिक, प्राविधिक सहयोग गर्नका लागि वडा कार्यालय सदैव तत्पर रहेको धारणा राख्नुभयो ।

विद्यालयमा हाल विभिन्न कक्षामा गरी ७ सय ९६ विद्यार्थी अध्ययनरत रहेकामा आज रक्त समुह पहिचान हुन बाँकी रहेका विद्यार्थी तथा कार्यरत करिब ३० जना शिक्षक कर्मचारीहरूको मंगलबार समेत रक्त समुह पहिचानका लागि परीक्षण हुने वडासदस्य एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिंह बहादुर महर्जनले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *