कतिमा हुँदैछ आज सुन चाँदीको काराेबार ?

थानकोट ।
काराेबार हुने साताको दाेश्राे दिन आज नेपाली बजारमा सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ ।
यो मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा छापावल, एक लाख २ हजार रुपैयाँमा तेजावी र १२ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।