कीर्तिपुर नगरपालिकाले लघु तथा घरेलु उद्यमीलाई डिजिटल मार्केटिङ तालिम दिने

थानकोट ।
कीर्तिपुर नगरपालिकाले स्थानिय उत्पादनलाई बजारिकरणका लागि डिजिटल मार्केटिङ तालिम दिने भएको छ ।
नगरका प्रत्येक वडाबाट १० जना लघु तथा घरेलु उद्यमीलाई तीन दिन डिजिटल मार्केटिङ सम्बन्धि तालिम पालिकाले दिन लागेको हो। बिहीबार एक सूचना जारी गर्दै वडा कार्यालयहरूलाई सात दिनभित्र लघु तथा घरेलु उद्यमी छनौट गर्न निर्देशन दिइएको छ।
उत्पादित वस्तुहरुको प्रचारप्रसार, ग्राहकहरुको खोजी, विक्रि वितरण, प्रबन्ध, कच्चा पदार्थ, उपकरणहरु स्थानिय बजारमा सहज बनाउनका लागि तालिम दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।