ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

Thankot Times

थानकोट ।

 साताको छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सय रूपैयाँले घटेर एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रूपैयाँले घटेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *