थानकोट-चित्लाङ सडकको अनुगमनमा सांसद बर्ताैला

Thankot Times

थानकोट ।

प्रतिनिधिसभाका सांसद महेशकुमार बर्तौलाले थानकोट-चित्लाङ सडकको यथाशिघ्र स्तरोन्नती आवश्यक रहेको बताएका छन् ।

मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने उक्त सडकखण्डको बिहीबार अनुगमन गर्दै सांसद बर्तौलाले मकवानपुरको समृद्धिको द्वारको रुपमा रहेको सडकलाई स्तरोन्नती गर्न सके उत्तरी मकवानपुरमा पर्यटकको आगमन थप बढने विश्वास व्यक्त गरे ।

ऐतिहासिक महत्व बोकेको चित्लाङ, बज्रबाराही, कुन्छाल, दामन, पालुङ तथा मार्खु क्षेत्रमा जाने पर्यटकहरुको रोजाईको मुख्य बाटोको रुपमा रहेको थानकोट-चित्लाङ सडकलाई तुरुन्त पहिरो नियन्त्रण, नाला व्यवस्थापन, घुम्ती सुधार तथा कालोपत्रे गर्न सांसद्ले निर्देशन समेत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *