सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट । 

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *