सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि चन्द्रागिरि नगरले प्रस्ताव माग्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि प्रस्ताव आह्वान गरेको छ ।
नगरपालिकाको सशर्त अनुदानतर्फ चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विद्यालयहरूले विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि फाल्गनु १९ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने बताइएको छ ।
नगरले सिकाइ सुदृढीकरणका लागि प्रोत्साहन अनुदान, विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन, विज्ञान प्रयोगशाला अनुदान लगायतका शीर्षकमा रकम उपलब्ध गराउने जनाइएको छ ।
सूचना हेर्नुहोस्ः