ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं बल्खु-थानकोट इकाईको साधारणसभा र अधिवेशन सम्पन्न

Thankot Times

थानकोट ।

लामो समयदेखि ग्रील तथा स्टील व्यवसायमा संलग्न व्यवसायीहरुको हक हित र उत्थानको लागि सामाजिक रुपमा कार्य गर्दै आएको ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बल्खु-थानकोट इकाईले आफ्नो नवौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रममा इकाई अध्यक्ष दिनेश कुमार दाहाल दाह्री’बाले विगत पाँच वर्षमा भएका र गरिएका कार्यको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, महासचिव विवेकदास श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठ, पुर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी तथा इकाई अध्यक्ष हरुले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

राज्य संयन्त्र र व्यवसायीबीचको अन्तरसम्बन्ध विकास गर्न सके मात्र सहज रुपमा व्यापार गर्न सकिने भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले यसको लागि महासंघ ले समेत सरकारसँग पहल गरिरहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *