सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम, तोलामा बढ्यो १ हजार २ सय रूपैयाँ

थानकोट ।
बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि माघ १२ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम गरिएको थियो।
बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।