नेपाली बजारमा आज गाँजर केजीको २० रूपैयाँ, रातो आलु २९ रुपैयाँ

Thankot Times

थानकोट । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि नयाँ मूल्य तोकेको छ ।

समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ । नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, , सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।

त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनियाँ ७० रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *