बागमती प्रदेशले किसानलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने

Thankot Times

थानकोट ।

सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारले एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ उल्लेख छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरले किसानलाई अनुदान दिन जिल्ला जिल्लामा दुग्ध उत्पादक कृषि सहकारीबाट आवेदनहरु संकलन भईरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *