सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रूपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार ८ सय रूपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *