सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय पुग्यो

Thankot Times

थानकोट । 

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *