चाैथो थानकोट गोल्डकपका लागि टिम दर्ता खुला

Thankot Times

थानकोट । 

फाल्गुन ६ गतेबाट सुरू हुने चाैथो संस्करणको थानकोट गोल्डकप फुटबलको टिम दर्ताको कार्य शनिबार सुरू भएको छ । 

चन्द्रागिरि नगरपालिका क्षेत्र भित्रका मात्रै टिमले सहभागिता जनाउन पाउने प्रतियोगिता फाल्गुन २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका संयोजक इञ्जिनियर भुवन गिरीका अनुसार चाैथो संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।
चन्द्रागिरि-३ गलबनस्थित पिम्फली खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।
२०७५ सालदेखी वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष भने कोरोना भाइरस महामारीका कारण हुने सकेको थिएन् ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले फाल्गुन २ गतेसम्म नाम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *