काठमाडौंदेखि चित्लाङसम्म पहिलो एओजी नाइट राइड आयोजना

Thankot Times

थानकोट । 

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ । नाइट राइडमा ३० जना राइडरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यात्रामा राइडरहरुले विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए ।

चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै राइडरहरुले कम्पनीको तर्फबाट चित्लाङको कालीदेवी आधारभूत विद्यालयलाई अध्ययन सामग्री समेत वितरण गरेका थिए ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको कम्पनीले जनाएको छ । यद्यपि रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *