टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)
थानकोट ।
आज देशभर तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाएका छन् । सोनाम ल्होसार नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार ल्होसार मनाउँदै आएको पाइन्छ ।
आइतबार काठमाडौंंको टुँडिखेलमा विशेष रौनक देखिन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए ।
तस्बिरहरूः प्रकाश गोपाली