काजी कालु पाँडेको समाधिस्थल

थानकोट ।
वि.सं. १८१४ सालमा दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण गर्यो।
गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँ आक्रमणको नेतृत्व गरिरहेका थिए । सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।
दुई पक्षबीच घमासान युद्ध भयो । युद्ध करिब ६ घन्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरबासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए । सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाँडे मारिए । युद्धमा मारिएपछि कालु पाँडेकै इच्छा अनुसार उनलाई दहचोकमा समाधिस्थ गरियो। पाँडेले मृत्युअघि गोरखा र काठमाण्डाै दुवै जिल्ला देखिने स्थानमा आफ्नो टाउको गाड्नु भनेका थिए भन्ने जनश्रुति रहि आएको छ।
तस्बिरः चन्द्रशेखर कार्की