मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ बाट आईपीओ बिक्री खुला गर्ने

Thankot Times

थानकोट ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले यही माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गर्नेछ। यसमा आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको गर्नेछ।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *