सितापाईला बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: केदार मानन्धर

थानकोट ।
सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षमा केदार मानन्धर, उपाध्यक्षमा गौरिप्रसाद दवाडी, सचिवमा सविना शाक्य, कोषाध्यक्षमा अरुण मानब चयन गरेको छ ।
यसैगरी संचालक सदस्यमा डा.तारक बहादुर केसी, सुन्दर पन्त र धन बहादुर श्रेष्ठलाई चयन गरेको छ । सभाले लेखासुपरिवेक्षण समितिको संयोजकमा मन मैया गिरी तथा सदस्यहरुमा प्रेम बहादुर मानन्धर र रबिन महर्जन निर्विरोध निर्वाचित गरेको छ ।
पौष २४ गतेदेखि एकाइगतरुपमा संचालन गरेको साधारण सभालाई पौष ३० गते शनिबार निर्णय प्रमाणिकरण सभा गरेको हो । निर्णय प्रमाणिकरण सभा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्धघाटन गरेका थिए । संस्थाका अध्यक्ष केदार मानन्धरले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर पन्तले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले पौष २४ गते नागार्जुन नगरपालिकाको वडा नं ८ को बालबोध मावि भिमढुङ्गामा, पौष २५ गते नागार्जुन नगरपालिकाको वडा नं ६, ७ रामकोटको जयन्ती युवाक्लव डाँडापौवामा, पौष २६ गते नागार्जुन नगरपालिकाको वडा १,२, ३ इचंगु सेवाकेन्द्रको पाँचधारा इचंगुमा, पौष २७ गते चन्द्रागिरि क्षेत्रको ईकाइ सभा चुनदेबी माध्यमिक बिध्यालय थानकोटमा सदस्य भेला तथा उपस्थिति गराएको थियो । पौष २८ गते काठमाडौं, ललितपुर महानगरपालिकाका केन्द्रीय कार्यालयमा सदस्य उपस्थिति गरी पौष ३० गते शिखर पार्टिप्यालेस कलंकीमा निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो ।