चाैथो थानकोट गोल्डकप फुटबल फाल्गुन ६ गतेबाट, विजेतालाई १ लाख रूपैयाँ पुरस्कार
थानकोट ।
चाैथो संस्करणको थानकोट गोल्डकप फुटबल फाल्गुन ६ गतेबाट सुरू हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका क्षेत्र भित्रका मात्रै टिमले सहभागिता जनाउन पाउने प्रतियोगिता फाल्गुन २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका संयोजक इञ्जिनियर भुवन गिरीका अनुसार चाैथो संस्करणको थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।
चन्द्रागिरि-३ गलबनस्थित पिम्फली खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुन चाहने टिमहरूका लागि माघ १४ गतेबाट फाल्गुन २ गतेसम्म आवेदन फाराम बुझाइसक्नु पर्ने बताइएको छ ।
२०७५ सालदेखी वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष भने कोरोना भाइरस महामारीका कारण हुने सकेको थिएन् ।