सुन तथा चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रूपैयाँले बढेर छापावाला सुन १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १४ सय रूपैयाँ कायम भएको छ।

आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *