२०५६ सालको भदाैमा दहचोकमा नेकोन एअरको विमान दुर्घटना हुँदा …….

Thankot Times

थानकोट ।

वि.सं. २०५६ साल भदाै ११ गते साबिक दहचोक गाविसस्थित इन्द्रस्थान क्षेत्रमा नेपालको पहिलो नीजि विमान कम्पनी नेकोन एअरको जहाज दुर्घटना भएको थियो । सो दुर्घटनामा परि १५ जनाले ज्यान गुमाएका थिए ।

नेकोन एअर फ्लाइट १२८ को विमान पोखरा विमानस्थलबाट काठमाडाैं आउँदै गरेको थियो । ५ नेपाली, ३ भारतीय, २ बंगलादेशी तथा ५ जना चालक दलका सदस्यसहित १५ जना रहेको सो विमान क्याप्टेन जयकृष्णराज जोशीले उडाएका थिए ।

करिब ३५ मिनेट लामो उडान दुरी रहेको पोखरा-काठमाडाैं रूटमा बिहान १० बजे पोखराबाट उडान भरेको जहाज १० बजेर २५ मिनेटमा दहचोकनजिकै आइपुगेको थियो । ४२ जना यात्रु क्षमता भएको सो विमानको दाँया पखेटा अचानक दुरसञ्चार प्राधिकरणको टावरमा ठोक्किँदा दुर्घटना भयो र विमानमा रहेका सबै १५ जनाको निधन भयो । सो विमान कम भिजिविलिटीका कारण दुर्घटना भएको अनुमान गरिएको थियो ।

सो वर्ष नेकोन एअरको २ वटा विमान दुर्घटना भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *