थानकोटमा खुल्यो सिद्धार्थ बैंकको शाखा

Thankot Times

थानकोट ।

सिद्धार्थ बैंकले चन्द्रागिरि नगरपालिका ०४ थानकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो बैंकको १९४औं शाखा भएको बैंकले जनाएको छ ।

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या ४ एक्स्टेन्सन् काउन्टरसहित १९४ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *