सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढ्यो

थानकोट ।
नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबारका तुलनामा तोलामा ५ सय रुपैयाँ बढेको हो। बिहिबार भने अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ बढ्दै कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा थियो।
चाँदीमा पनि झिनो वृद्धि छ। ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँ भएको छ। बिहीबार ५ रुपैयाँ घट्दा प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्न थालेपछि मूल्य बढ्दै गएको व्यवसायीहरुले बताएका छन्।
शुक्रवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८९७.५४ डलर पुगेको छ भने चाँदी २३. ७८ डलरमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतिऔंस १८८३.३८ डलर र चाँदी २३.६ डलरमा थियो।