अनुदानमा मौरी घार वितरण गर्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

जैविक विविधता संरक्षण तथा किसानहरूको आर्थिक स्थितिमा सुधार गर्नका लागि चन्द्रागिरि नगरपालिकाले गोलासहितको मौरी घार वितरण गर्ने भएको छ ।

नगरपालिकाले ७५ प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरणका लागि माैरी घार वितरण गर्न लागेको हो ।

नगरको कृषि विकास शाखा प्रमुख रामप्रसाद न्याैपानेका अनुसार किसानहरूका लागि सेराना जातको मौरी वितरण गरिनेछ । सो कार्यक्रममा सहभागी हुनका लागि इच्छुक व्यक्ति, सहकारी संस्था, फार्मले माघ १० गतेसम्म नगरमा माग आवेदन दिनुपर्ने न्याैपानेले जानकारी दिनुभयो ।

माैरीको घार राख्न इच्छुक व्यक्ति वा संस्थाले २५ प्रतिशत अर्थात् ३१२५ रुपैयाँ व्यहोर्नु पर्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *