सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन तोलामा १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।