नेपाल बैंकर्स संघको अध्यक्षमा केसी निर्विरोध

Thankot Times

थानकोट ।

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको संघको विशेष साधारणसभाले केसीलाई अध्यक्षमा चयन गरेको हो । 

तत्कालीन संघका अध्यक्ष अनिलकुमार उपाध्यायले नेतृत्व गर्दै आएको कृषि विकास बैंकमा उनको कार्यकाल गत पुस १० गते समाप्त भए पनि बैंकर्स संघमा अध्यक्ष पद रिक्त रहेको थियो । संघको अध्यक्ष पद रिक्त भएसँगै अध्यक्षको निर्वाचनको कार्यक्रमसमेत रहेको सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि संघको उपाध्यक्ष पदमा थिए ।

०७३ साल फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ क्षेत्रको तीन दशकभन्दा धेरैको अनुभव रहेको जनाइएको छ । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई विशेष साधारणसभाले आगामी दुई वर्षका लागि मनोनीत गरेको छ ।

नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रको हित तथा थप सफलताका लागि प्रयत्नशील रहने र यसक्रममा सबैको सहयोग, सुझाव प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *