चुईङ्गम चपाएर नेपालीले पाँच महिनामा २५ करोड रूपैयाँ सके

थानकोट ।
पछिल्लो ५ महिनामा नेपालमा झण्डै २६ करोडको चुईङ्गम आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म २५ करोड ९३ लाख ४ हजार रूपैयाँको चुईङ्गम आयात भएको हो ।
भारत, श्रीलङ्का, टर्की, बेलायत र अमेरिकाबाट नेपालले चुईङ्गम आयात गरेकोमा सबैभन्दा धेरै भारतबाट मात्रै २५ करोड ४ लाख रूपैयाँको चुईङ्गम आयात भएको छ ।
यो गतवर्षको सोही अवधिको तुलनामा एक करोड ७३ लाखले कम रहेको भन्सार विभागका सुचना अधिकारी पुन्यविक्रम खड्काले बताए ।
गत आर्थिक वर्ष ३२ करोड ६ लाख मूल्यको चुईङ्गम आयात गरिएको थियो ।