चामलको मूल्य एक केजीमा २० रूपैयाँले बढ्यो

थानकोट ।
नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ । निर्वाचन अघिसम्म सामान्य अवस्थामा रहेको चामलको मूल्य निर्वाचनताका एकाएक प्रतिकिलो २० रुपैयाँ र प्रतिबोरा ५०० रुपैयाँसम्म बढेर बजारमा आएको हो । उद्योगीहरूले बढाएको मूल्यमा चामल पठाएपछि सोही आधारमा उपभोक्तालाई बेचिरहेको खुद्रा व्यापारी बताउँछन् ।
निर्वाचनभन्दा अघिसम्म ७० रुपैयाँ प्रतिकिलो रहेको पोखरेली चामलको भाउ हाल ९० रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअनुसार २० किलोको बोरामा ४०० र २५ किलोको बोरामा ५०० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।
यस्तै, निर्वाचनअघि १२० रुपैयाँ प्रतिकिलो रहेको बासमती चामलको मूल्य हाल १० रुपैयाँ बढेर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । बासमती चामल पनि २० किलोको बोरामा २०० रुपैयाँसम्म मूल्य बढेर आएको छ ।
यस्तै, निर्वाचनअघि १२० रुपैयाँ प्रतिकिलो रहेको बासमती चामलको मूल्य हाल १० रुपैयाँ बढेर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । बासमती चामल पनि २० किलोको बोरामा २०० रुपैयाँसम्म मूल्य बढेर आएको छ ।