सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

Thankot Times

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *