कुमारी बैंकको २९९औं शाखा भेडासिंहमा

Thankot Times

थानकोट ।

कुमारी बैंक लिमिटेडले २९९औं शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको जनबाहलस्थित भेडासिंहमा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको उद्घाटन काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष राजेश डंगोलले गरेका थिए ।

कुमारी बैंकले देशभर २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *