चन्द्रागिरि साकाेसकाे २१औं वार्षिक साधारण सभा सम्पन्न, १०% शेयर लाभांश पारित

Thankot Times

थानकोट ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १६ गते देखि २२ गतेसम्म विभिन्न ७ वटा ईकाईहरुबाट समान कार्यसूचीमा ईकाई सभाहरु आयोजना गर्दै उक्त सभाहरुबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा पौष २३ गते आयोजना गरिएको थियो । साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १५८९६ मध्ये ११४९० जना (७२%) सदस्यहरुले विभिन्न ७ वटा ईकाहरुमा सहभागिता जनाएकाे संस्थाले जानकारी दिएको छ ।
संस्थाको २१औं वार्षिक साधारण सभाको निर्णय प्रमाणित गर्ने सभामा बाेल्नुहुँदै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा विभिन्न उप समितिहरु गठन गरिए जस्तै अर्थतन्त्र र वित्तीय बजारलाई नजिकबाट नियाल्ने र उपयुक्त नीतिगत सुधारको लागि सुझाव दिन सक्ने उपसमिति सहकारी संस्थाहरुमा गठन गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीलाई उत्पादनकोे मुल्य श्रङ्खलासँग जोड्नु पर्ने कुरामा जोड दिनुभयो भने राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले ऋण सदुपयोगिता अनुगमनको छुट्टै कार्यविधि बनाएर ऋणहरुको अनुगमन गर्न सुझाव दिनुभयो ।

उक्त सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले आगामी वर्षको कार्यक्रम तथा बजेट र ४ वर्षे रणनीतिक योजना प्रस्तुत गर्नुभयो ।
उक्त साधारण सभाले शेयर सदस्यहरुलाई १०% शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने सहित विभिन्न १४ वटा कार्यसूचीहरु पारित गरेको थियो ।
साे क्रममा संस्थाले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकाे थियोे भने १९ जना दाताहरुलाई सम्मान पनि गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *