सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३ सय ८५ रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *